दिलवाला वार्नर

दिलवाला वार्नर

जेठ ३१ , अनलाईन खेलखबर ।। अहिले ईङ्गल्याण्ड र वेल्समा १२ औँ सस्करणको आईसीसी एकदिवसिय विश्वकप जारी रहेको छ । विश्वकपलाई वर्षाले प्रभावित गरिरहदा केहि खल्लो महसुश भईरहदाँ केही दिनअघि अष्टेलिया र पाकिस्तान विच भएको खेलमा एक मनछुने बाक्य हुन् पुगेको छ ।

बिदेशी संचारमाध्यमका अनुसार खेलपछि खेलका प्लेयर अफ द म्याच भएका अष्टेलियाका डेविट वार्नरले प्लेयर अफ द म्याचको ट्रफ्री खेल हेर्न पुगेका एक साना बालक समर्थक सँग सेयर गरेका छन । हेर्दा सामान्य लाग्छ तर यी यस्ता स – साना कुराले मन जित्न प्रयाप्त बन्न सक्छ ।

यसपछि उनको यो मन छुने कार्यवाट विश्वले प्रंशशा गरिरहेको छ । सो खेलमा डेविट वार्नरले सतकीय १०७ रनको पारी खेलेका थिए । जसमा टिमले पनी पाकिस्तानलाई ४१ रनले पराजित गरेको थियो ।

दुभाग्य पूर्ण बल टेम्परीङ प्रकरणवाट १ बर्षको प्रतिबन्ध पछि टिममा फर्किएका डेविट वार्नर जारी विश्वकपमा राम्रो लयमा प्रदशन गरिरहेका छन । वार्नरले सो बालकलाई ट्रफीसहित आफ्नो ब्याटमा अटोग्राफसहित प्रदान समेत गरेका थिए ।

डेविट वार्नरले अनप्रेक्षित रुपमा आफ्नो सम्मान ति बालकलाई प्रदान गरेपछि धेरै खुशी हुदै सम्मान प्राप्त गर्ने बालकले अस्ट्रेलियाको जितबाट आफु निकै खुशी भएको भन्दै डेविट वार्नर आफुलाई निकै मन पर्ने खेलाडी समेत रहेको बताए ।

जारी विश्वकपमा डेविट वार्नरको प्रदशन निकै उत्कृष्ट बन्दै गएको छ । ४ खेल खेलिसकेका उनले कुल २५५ रन जोडिसकेका छन । हाल उनी विश्वकपको सर्बाधिक धेरै रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका छन ।

उनले पहिलो खेलमा अफगानिस्तान बिरुद्द ८९ रनमा अविजित रहेका थिए । टिमलाई विश्वकपमा पहिलो जित दिलाउने क्रममा महत्वपुर्ण भूमिका निर्बाह गरेका वार्नर सो खेलमा पनि प्लेयर अफ द म्याच समेत घोषित भएका थिए । यस्तै दोस्रो खेलमा वेस्ट ईण्डिज बिरुद्दको खेलमा भने उनि ३ रन बनाएर आउट हुन् पुगेका थिए । तर टिमले भने जित हासिल गरेको थियो ।

यस्तै तेस्रो खेलमा भारत बिरुद्द उनले ५६ रनको अर्धसतकिय पारी खेलेका थिए । जुन खेल अष्टेलिया भारत सँग ३६ रनले पराजित भएको थियो ।

यस्तै पाकिस्तान बिरुद्द अघिल्लो खेलमा सतकीय पारि खेल्दै वार्नरले टिमलाई महत्वपुर्ण जित दिन ठुलो भूमिका निर्बाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *