बलियो ईङ्गल्याण्डले चमत्कारी वेस्ट ईण्डिजको सामना गर्दै :
जेठ ३१ ,अनलाईन खेलखबर ।। १२ औं सस्करणको आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत आज आयोजक ईङ्गल्याण्डले वेस्ट ईण्डिजको सामना गर्दैछ ।
हाल सम्म ईङ्गल्याण्ड र वे स्ट ईण्डिजले सामान ३/३ खेल खेलिसकेका छन । जसमा ईङ्गल्याण्डले २ खेलमा जित र १ मा हार व्यहोर्दै अंकतालिकामा ४ अंकसहित अहिले चौथो स्थानमा रहेको छ ।
भने वेस्ट ईण्डिजले १ खेलमा जित , १ मा हार र १ खेलमा अंक बाड्दै अहिले अंकतालिकामा ३ अंकसहित छठौ स्थानमा रहेको छ ।
विश्वकपको आयोजक समेत रहेको ईङ्गल्याण्डले विश्वकपको सुरुवात पनि शानदार गरेको थियो । पहिलो खेलमा नै ईङ्गल्याण्डले दक्षिण अफ्रिकालाई १०४ रनको ठुलो अन्तरले पराजित गरेको थियो । भने दोस्रो खेलमा भने ईङ्गल्याण्ड पाकिस्तान सँग १५ रनले पराजित भएको थियो ।
विश्वकपको दाबेदारको रुपमा रहेको ईङ्गल्याण्ड पाकिस्तान सँग पराजित भएपछी भने विश्व क्रिकेटमा ईङ्गल्याण्डको क्षमतामाथि प्रश्न उठाउन थालिएको थियो । तर ईङ्गल्याण्डले आफ्नो तेस्रो खेलमा राम्रो कमब्याक गर्दै बंगलादेश माथि १०६ रनले पराजित गरेको थियो ।
यता वेस्ट ईण्डिजले पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । भने दोस्रो खेलमा अष्टेलिया सँग १५ रनले पराजित हुन् पुगेको थियो । तेस्रो खेल भने वर्षाले प्रभावित गरेपछि दक्षिण अफ्रिका र वेस्ट ईण्डिजले १/१ अंक बाड्न बाध्य भएका थिए ।
यसअर्थमा आज हुने खेल दुबै टिमका लागि निकै महत्वपुर्ण रहेको छ । तुलनात्मक रुपमा वेस्ट ईण्डिज भन्दा ईङ्ल्याण्ड बलियो देखिएपनि वेस्ट ईण्डिजलाई पनि कमजोर मान्न सकिन्न वेस्ट ईण्डिजले जुन सुकै बेलापनि उल्टाउने क्षमता राख्छ ।
विश्वकपको दाबेदार ईङ्गल्याण्ड र चमत्कारी वेस्ट ईण्डिज विचको खेल नेपाली समय अनुसार सवा ३ बजेपछि द रोज़ बाउल, साउथम्पटनमा हुनेछ ।