बर्षा फेरी बाधक : भारत र न्युजील्याण्ड बिचको खेल रद्द ! दुवै टिम अंक बाड्न बाध्य
जेठ ३० , अनलाईन खेलखबर ।। ईङ्गल्याण्ड र वेल्समा जारी १२ औं सस्करणको आइसीसी विश्वकप अन्तर्गत आज बिहिवार तय भएको भारत र न्युजिल्याण्ड बिचको खेल बर्षाले गर्दा रद्द हुन् पुगेको छ ।
जारी विश्वकपमा लगातार बर्षाले खेललाई प्रभावित क्रमश गरिरहेपछि अहिले विश्वकप समर्थकहरुलाई केहि खल्लो महसुश गराएको छ । जसको निरन्तरता आज पनि प्राप्त भएको छ ।
आज खेल हुन् भन्दा पहिलै बिहानै बाट मौसमबिज्ञले खेललाई प्रभावित गर्ने अनुमान गरेका थिए । जुन कुरा सहि हुन् पुगेको छ । ट्रेन्ट ब्रिजमा लगातार पानि परिरहेपछी खेल अन्तत रद्दनै गरिएको थियो । खेल बराबरीमा रोकिएपछि दुबै टोलीले १/१ अंक बाड्न बाध्य भएका छन ।
यो सगै न्युजिल्यान्ड ४ खेलबाट ७ अंकसहित अंकतालिकाको शीर्ष स्थानमै यथावत रहेको छ । भने भारत ३ खेलबाट ५ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
प्रतियोगितामा न्युजिल्याण्डले पहिलो खेलमा श्रीलंका लाई १० विकेटले पराजित गरेको थियो । भने दोस्रो खेलमा बंगलादेशलाई २ विकेटले पराजित गरेको थियो भने तेस्रो अर्थात अघिल्लो खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो ।
यता अपराजितनै रहेको भारतले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको भारतले दोस्रो खेलमा विश्वकपको दाबेदार अष्टेलियालाई ३६ रनले निराश पारेको थियो ।
अब विश्वकपमा न्युजिल्याण्डले आफ्नो पाचौ खेलमा आउदो जुन १९ तारिखमा दक्षिण अफ्रिकाको सामना गर्नेछ । भने भारतले आउदो आईतबार पाकिस्तान सँग प्रतिष्पर्दा गर्नेछ ।