महिला भलिबलमा नेपाललाई ऐतिहासिक रजत पदक
काठमाडौं (अनलाइन खेलखबर ) | भारतीय महिला भलिबल टिमले दक्षिण एसियाली खेलकुद ( साग ) मा स्वर्ण पदक जित्न सफल भएको छ ।
मंगलबार भएको फाइनल खेलमा भारतले नेपाललाई रोमान्चक बनेको खेलमा ३ -२ को सेटमा पराजित गर्दै सागमा स्वर्ण पदक जित्न सफल भएको हो ।
यसअघि ३ पटक कास्य पदकमा चित्त बुझाएको नेपाल पहिलो पटक सागको फाइनल पुगेको थियो जसमा नेपाल पराजित हुन् पुग्दा रजत प्राप्त गर्न सफल भयो ।
समूह चरणमा भारतसँग पराजित भएको नेपालले फाइनलमा भने अघिल्लो भेटमा भएको गल्तिलाई सुधार गर्दै उकृष्ट प्रदर्शन गरेपनि अनन्त राम्रो टक्कर दिएपनि नेपाल पराजित हुन् पुग्यो ।
खेलमा नेपाल पहिलो सेटमा २५-१७ ले पराजित हुन पुगेको थियो । यसपछी भने नेपालले यति राम्रो पुनरागमन गर्यो कि त्यो आफैमा लोभलाग्दो देखिन्थो ।
घरेलु दर्शक र उप – रास्ट्रपति नन्द बहादुर पुन र युवा तथा खेलकुद मन्त्रि जगतबहादुर विश्वकर्मा लगायतका उच्च तप्काबाट साथ पाएको नेपाली टोली पहिलो सेट गुमाएपनि दोस्रो सेटमा निकै राम्रो प्रदर्शन गर्दै दोस्रो सेट २५-२३ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
त्यसपछी दोस्रो सेट आफ्नो पक्षमा पारेपछि हौसिएको नेपालले तेस्रो सेटमा पनि आफ्नो पक्षमा पार्न सफल भयो । निकै प्रतिष्पर्दात्मक बनेको भएपनि नेपालले यो सेट २५ – २१ ले जित्न सफल भएको थियो ।
दोस्रो र तेस्रो सेट जितेको नेपालले चौथो सेट भने गुमाएको थियो चौथो सेटमा नेपाल भारतसँग २५-२० ले पराजित हुँदा पाँचौ तथा निर्णायक सेटमा नेपाल १५-६ ले पराजित हुन् पुगेको थियो ।
योसँगै महिला भलिबलमा भारतले स्वर्ण , नेपालले रजत श्रीलंकाले कास्य पदक जित्न सफल भएको छ ।