पुरुष भलिबलतर्फ श्रीलंकालाई कास्य पदक
काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत पुरुष भलिबलमा श्रीलंकाले कास्य पदक जितेको छ ।
सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद ( राखेप ) को कभर्डहलमा कास्य पदकका लागि भएको खेलमा श्रीलंकाले बंगलादेशलाई ३ -१ को सेटमा पराजित गरेपछी श्रीलंका भलिबलमा पदकविहिन हुन पुगेन ।
खेलमा बंगलादेशले पहिलो सेट २५-२३ ले जितेको थियो भने दोस्रो सेटमा भने श्रीलंकाले राम्रो पुनरागमन गर्दै दोस्रो सेट २५-२० ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । त्यसपछिका दुई सेटमा श्रीलंकाले राम्रो प्रदर्शन गर्दै तेस्रो सेट २५-१६ र चौथो सेटमा २५-२१ ले जित हासिल गरेको थियो ।
यस्तै स्वर्णका लागि भोलि (मंगलबार ) पाकिस्तान र भारत भिड्ने छन ।