पुरुष भलिबलमा स्वर्णका लागि  भारत  र पाकिस्तान भिड्ने

पुरुष भलिबलमा स्वर्णका लागि भारत र पाकिस्तान भिड्ने

काठमाडौं ( अनलाइन खेलखबर ) । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत पुरुष भलिबलमा स्वर्णका लागि भारत र पाकिस्तान भिड्ने भएका छन ।
आईतबार भएको दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानले बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेपछि पाकिस्तानले फाइनलमा भारतसँग भेट पक्का गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद ( राखेप ) को कभर्डहलमा भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ३-० सेटमा पराजित् गर्दै फाइनल पुगेको हो ।

एकपक्ष बनेको खेलमा पाकिस्तानले पहिलो सेटमा बंगलादेश लाई २५ -१५ ले पराजित गरेको थियो भने दोस्रो सेटमा २५-२१ ले पराजित गरेको थियो ।

भने तेस्रो सेटमा पनि पाकिस्तानले बंगलादेशमाथि २६ -२४ ले पराजित गरेपछि फाइनल प्रवेश पक्का भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *