स्वर्णका लागि नेपाल र भारत भिड्ने
काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा जारी १३ औं संस्करणको दक्षिण एसियायी खेलकुद ( साग ) अन्तर्गत महिला भलिबलको स्वर्ण पदकका लागी नेपाल र भारतबीच प्रतिष्पर्दा हुने भएको छ ।
शनिबार भएको दोस्रो सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेपछी नेपालले भारतसँग फाइनल भेट पक्का गरेको छ ।
खेल आउँदो मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद( राखेप ) को कभर्डहलमा हुनेछ ।
सागको ईतिहासमा पहिलोपटक फाइनल पुगेको नेपाल यो सँगै सागमा ईतिहास रच्ने पक्का भएको छ । सके स्वर्ण र नभए रजत भएपनी नेपालका लागी यो अहिले सम्मकै सबैभन्दा ठुलो उपलब्धि हुनेछ ।
यता फाइनल पुगेको भारत र नेपाल समूह`ए´मा रहेका थिए । जसअन्तर्गत समूहमा भेट हुँदा नेपाल भारतसँग ३-० को सोझो सेटमा पराजित हुन पुगेको थियो ।
अब नेपाललाई एउटा मौका फेरि आएको छ समूह चरणमा भोगेको हारको बदला लिदै सागको स्वर्ण जित्ने जुन नेपालले क्षमता पनि रहेको छ ।