onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

साग महिला भलिबलमा नेपाल पहिलोपटक फाइनल प्रवेश

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा आयोजित दक्षिण एसियायी खेलकुद ( साग ) अन्तर्गत महिला भलिबलतर्फ नेपाल फाइनल प्रवेश गरेको छ ।

शनिबार राती त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ( राखेप ) को कर्भडहलमा भएको सेमिफाइनल खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेपछी नेपाल सागको ईतिहासमा पहिलो पटक फाइनल पुगेको हो ।

साग महिला भलिबलको फाइनल पुग्ने क्रममा नेपालले श्रीलंकालाई पहिलो सेटमा २५-१४ ले पराजित गरेको थियो भने दोस्रो सेटमा श्रीलंका २५-१८ ले निराश हुन पुग्यो ।

यस्तै तेस्रो सेट अघिल्ला दुई सेट भन्दा निकै प्रतिष्पर्दात्मक बनेको भएपनि नेपालले श्रीलंकालाई २५- २१ ले पराजित गरेपछी त्यो नेपाललाई फाइनल पुग्न प्रयाप्त बन्यो ।

अब नेपालले फाइनलमा भारतसँग मंगलबार खेल्नेछ । भारत शनिबारनै भएको पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्