फाइनल पुग्न नेपालले आज श्रीलंकासँग खेल्दै
काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको सेमिफाइनलमा आज नेपालले श्रीलंका प्रतिष्पर्दा गर्दैछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद ( राखेप ) को कभर्डहलमा बेलुकी ७ बजेपछी हुने खेलमा घरेलु टोली जितका लागी संघर्ष गर्नेछ ।
तर नेपाललाई आज त्यती सहज पक्कै हुनेछ्न । बलियो देखिएको श्रीलंकामाथि नेपालले सोहि रणनीति अनुसार कोर्टमा उत्रिनु आबस्यक रहेको छ ।
अघिल्ला खेलमा देखिएका गल्तीलाई आजको यस निकै महत्वपूर्ण खेलमा सुधार गरेमा केहि सम्भावना रहन्छ र नेपालले घरेलु कोर्ट र दर्शकको फाईदा उठाउन पर्नेछ ।
शुक्रबार भएको खेलमा भारतले बंगलादेश पराजित गरेपछी नेपाल समूह `ए´ को उप – विजेता बन्दै सेमिफाइनल पुगेको थियो । जहाँ नेपालले समूह`बि´ को विजेता टोली श्रीलंकासँग भेट पक्का गरेको हो ।
नेपाल जारी खेलमा समूहको पहिलो खेलमा बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेको भएपनी दोस्रो तथा समूहको अन्तिम खेलमा भने नेपाल भारतसँग ३-० को सोझो सेटमा पराजित हुन पुगेको थियो ।