महिला भलिबलको सेमिफाइनलमा नेपालले श्रीलंकासँग भिड्ने

महिला भलिबलको सेमिफाइनलमा नेपालले श्रीलंकासँग भिड्ने

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको सेमिफाइनलमा नेपालले श्रीलंकासँग खेल्ने पक्का भएको छ ।

शुक्रबार भएको खेलमा भारतले बंगलादेश पराजित गरेपछी नेपाल समूह `ए´ को उप – विजेता बन्दै सेमिफाइनल पुगेको थियो । जहाँ नेपालले समूह`बि´ को विजेता टोली श्रीलंकासँग भेट पक्का गरेको हो ।

नेपाल जारी खेलमा समूहको पहिलो खेलमा बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेको भएपनी दोस्रो तथा समूहको अन्तिम खेलमा भने नेपाल भारतसँग ३-० को सोझो सेटमा पराजित हुन पुगेको थियो ।

अब नेपाल र श्रीलंकाबीचको सेमिफाइनल खेल भोलि( शनिबार ) त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद ( राखेप ) को कभर्डहलमा बेलुकी ७ बजेपछी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *