महिला भलिबलमा भारत सेमिफाइनल प्रवेश : नेपाल पराजित
काठमाडौं ( अनलाइन खेलखबर ) || दक्षिण एसियायी खेलकुद (साग ) अन्तर्गत महिला भलिबलको आफ्नो दोस्रो खेलमा नेपाल भारतसँग पराजित हुन पुगेको छ ।
काठमाडौं त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद ( राखेप ) को कभर्डहलमा भएको खेलमा नेपाल भारतसँग ३-० को सेटमा पराजित हुन पुग्यो ।
बलियो भारतसँग पहिलो सेटमा निकै टक्कर दिएको नेपाल अग्रता समेत गुमाएर २६-२४ ले पराजित हुन पुग्यो ।
पहिलो सेट निकै प्रतिष्पर्दात्मक बनेको भएपनि दोस्रो सेटमा भने नेपालले निकै खराब प्रदर्शन गर्दै २५-१२ को सोझो सेटमा दोस्रो सेट गुमायो ।
यस्तै तेस्रो सेटमा पनि नेपालले २५-१६ ले गुमाउँदा खेल भारतले सहज तरिकाले आफ्नो पक्षमा पार्न सफल भयो ।
योसँगै लगातार दोस्रो जित हासिल गर्दै भारत समूह`ए´ को विजेता बन्दै सेमिफाइनल पुगेको छ । यता समूहमा २ खेलमा १ जित हासिल गरेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना भने अझै बाकी रहेको छ ।
अब समूहको अन्तिम खेलमा जुन शुक्रबार हुनेछ जसमा भारतले बंगलादेशलाई पराजित गरेको खण्डमा नेपाल समूहको उप – विजेता बन्दै सेमिफाइनल पुग्नेछ ।