onlinekhelkhabar.com

Complete website for Nepali Sports News

साग महिला भलिबल : आज नेपाल र भारत भिड्ने

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा आयोजित १३ औं दक्षिण एसियायी खेलकुद ( साग ) अन्तर्गत महिला भलिबलमा नेपालले बलियो भारतसँग आज प्रतिष्पर्दा गर्दैछ ।

पहिलो खेलमा बंगलादेशमाथि शानदार जित हासिल गरेको नेपाललाई आज भने केहि गार्हो पक्कै पर्ने देखिन्छ । भारत प्रतियोगिताकै बलियो टिमको रुपमा रहेको छ ।

यता नेपाल जितको शिलसिलालाई यथावत राख्ने रणनीतिका साथ कोर्टमा उत्रिने छ ।

खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद ( राखेप ) को कभर्डहलमा बेलुकी ५ बजेपछी हुनेछ ।

बुधबार भएको पहिलो खेलमा बंगलादेशमाथि सहज जित्ने निकाल्ने क्रममा नेपालले ३-० ले जित आत्मसाथ गरेको थियो ।

जसमध्य पहिलो र दोस्रो सेट समान २५-९ र तेस्रो सेटमा २५-११ ले जितेको थियो ।

समूह `ए ´ मा भारतसँगै रहेको नेपाल आजको जित निकालेको खण्डमा समूह विजेताको हैसियतबाट सेमिफाइनल पुग्नेछ ।

तर पराजित भएको खण्डमा पनि नेपालको सेमिफाइनल पुग्ने सम्भावना भने समाप्त भने हुने छैन । जसमा नेपालको भाग्य भारत र बंगलादेशबीचको खेलले निर्धारण गर्नेछ ।

कुल ६ टिमको सहभागिता रहेको प्रतियोगिताको सेमिफाइनल खेल आउँदो शनिबार हुनेछ । भने तेस्रो स्थान ( कास्य पदक ) का लागी सोमबार र फाइनल खेल मंगलबार हुनेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *