रोमान्चित बनेको खेलमा नेपाल बंगलादेशसँग पराजित
काठमाडौं ( अनलाइन खेलखबर )| १३ औं संस्करणको दक्षिण एसियायी खेलकुद ( साग ) अन्तर्गत पुरुष भलिबलमा नेपाल बंगलादेशसँग पराजित हुन पुगेको छ ।
बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद ( राखेप ) को कभर्डहलमा भएको रोमान्चक बनेको पहिलो खेलमा नेपाल बंगलादेशसँग ३-२ ले पराजित हुन पुग्यो ।
नेपाल पराजित भएपनी बंगलादेशसँग डटेर खेल्यो । जसमा नेपालले अग्रता समेत बनाएको थियो खेलको पहिलो सेट नेपालले २५-२१ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
तर नेपालले दोस्रो सेट २५-२३ ले गुमाउँदा तेस्रो सेट भने नेपालले २५-१९ ले जित्यो ।
र त्यसपछि चौथो सेट जुन निकै प्रतिष्पर्दात्मक बनेको थियो ।जसमा बंगलादेशले २६-२४ ले बाजी मार्यो र पाँचौ सेटमा बंगलादेशले नेपालमाथि १५-१२ ले विजयी भएको थियो ।
अब नेपालले समूहको अन्तिम खेलमा आउँदो शुक्रबार भारतसँग खेल्नेछ ।