साग भलिबलको खेल तालिका सार्वजनिक

साग भलिबलको खेल तालिका सार्वजनिक

काठमाडौं ( अनलाइन खेलखबर ) | मंसिर ११ अर्थात बुधबार देखी सुरु हुन गईरहेको दक्षिण एसियायी खेलकुद ( साग ) अन्तर्गत भलिबल खेलको खेलतालिका सार्वजनिक भएको छ ।

मंसिर १५ गतेदेखी २४ गतेसम्म साग हुने भएपनी भलिबल उद्घाटन दिनअघि भन्दा अगाडीबाट सुरु हुन लागेको छ ।

मंगलबार सार्वजनिक गरिएको खेलतालिका अनुसार लिग कम नकआउटमा सन्चालनमा हुने प्रतियोगितामा पुरुष भलिबलतर्फ २ समूहमा बिभाजन गरिएको छ ।

जसमा नेपाल समूह`ए´ मा रहेको छ । जसमा नेपालसहित भारत र बंगलादेश रहेका छ्न भने समूह `बि´ मा श्रीलंका , पाकिस्तान र माल्दिभ्स रहेका छ्न ।

नेपालले समूहको पहिलो खेल भोली(बुधबार ) बंगलादेशसँग खेल्दै गर्नेछ । खेल नेपाली समय अनुसार बेलुका ७ बजेपछी सुरु हुनेछ ।

यस्तै दोस्रो खेल तथा समूहको अन्तिम खेलमा शुक्रबार भारतसँग खेल्नेछ ।

त्यसपछि समूहका शीर्षस्थानमा रहने दुई टिम सेमिफाइनल पुग्नेछ्न । सेमिफाइनल खेल आउँदो सोमबार हुनेछ भने तेस्रो स्थान (कास्य पदक )का लागी सोमबार र फाइनल खेल मंगलबार हुनेछ ।

यस्तै महिला भलिबलतर्फ लिग कम नकआउटमा सन्चालनमा हुने प्रतियोगितामा महिला भलिबलतर्फ पनि टिमलाई २ समूहमा बिभाजन गरिएको छ ।

जसमा नेपाल समूह`ए´ मा रहेको छ । जसमा नेपालसहित भारत र बंगलादेश रहेका छ्न भने समूह `बि´ मा श्रीलंका , पाकिस्तान र माल्दिभ्स रहेका छ्न ।

नेपालले समूहको पहिलो खेल भोली(बुधबार ) बंगलादेशसँग खेल्दै गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३ बजेपछी सुरु हुनेछ ।

दोस्रो तथा समूहको अन्तिम खेलमा नेपालले बिहिबार भारतसँग खेल्नेछ । यो खेल बेलुका ५ बजेपछी सुरु हुनेछ ।

त्यसपछि समूहका शीर्षस्थानमा रहने दुई टिम सेमिफाइनल पुग्नेछ्न । सेमिफाइनल खेल शनिबार हुनेछ भने तेस्रो ( कास्य पदक )का लागि सोमबार र फाइनल खेल मंगलबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *