च्याम्पियन भलिबल टोलीलाई सरकारद्वारा नगदसहित सम्मानित
काठमाडौं ( अनलाइन खेलखबर ) |बंगलादेशमा भएको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको स्वर्ण पदक विजेता नेपाली महिला भलिबल टोलीलाई नेपाल सरकारले जनही ३ लाख पुरस्कार प्रदान गरेको छ ।
मंगलबार काठमाडौंमा एक समारोह गरि सरकारद्वारा भलिबलकै ईतिहासमा अहिले सम्मकै सबैभन्दा ठूलो उपलब्धि हासिल गरेको नेपाली टोलीलाई नगदसहित पुरस्कृत गरेको थियो ।
टोलीलाई नेपाल सरकारका अर्थमन्त्री युवराज खतिवडा र खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले संयुक्त रूपमा सम्मान गरेका थिए ।
पूर्व निर्धारित कार्यक्रम अनुसार खेलाडीलाई प्रधानमन्त्री केपि शर्मा ओलिले सम्मान गर्ने तयारी भईरहेका बेला प्रधानमन्त्री स्वास्थ्यका कारण उपस्थिति हुन सकेनन उनको स्थानमा अर्थमन्त्री र खेलकुद मन्त्री पुगेर खेलाडीलाई सम्मान गरेका थिए ।
नेपालले ऐतिहासिक सफलता हात पार्ने क्रममा ६ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा अपराजित रहदै उपाधि आफ्नो नाममा लेखाउँन सफल भएको थियो ।
स्वर्णपदक जित्ने क्रममा नेपालले फाइनल खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेट्मा पराजित गर्दै च्याम्पियन बनेको थियो ।