onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

साग भलिबलको खेल तालिका सार्वजनिक

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा हुन गईरहेको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत भलिबल खेलको खेल तालिका सार्वजनिक भएको छ ।

बुधबार सार्वजनीक गरिएको पुरुष र महिला भलिबलको खेल तालिका अनुसार ६ टिमको सहभागिता रहने यस भलिबलमा दुई समूह विभाजन गरि खेल तालिका सार्वजनिक गरिएको छ ।

जसअन्तर्गत पुरुष र महिलातर्फ आयोजक नेपाल समूह `ए´ मा रहेको छ । नेपालको समूहमा भारत र बंगलादेश रहेका छ्न ।

त्यस्तै अर्को समूह ‘बी’मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् ।

खेल काठमाडौंस्थित त्रिपुरेश्वरमा रहेको कभर्डहलमा हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ ।

पुरुष र महिला टिमले समूह चरणको पहिलो खेलमा आगामी बुधबार बंगलादेशसँग खेल्नेछ भने समुह चरणको अन्तिम खेलमा शुक्रबार भारतसँग खेल्नेछ ।

समूह चरणको शीर्ष दुई टिम प्रतियोगिताको सेमिफाईनलमा पुग्नेछ्न । र उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन ।

पुरुष टिम – ईम बहादुर राना ( कप्तान ) राजेन्द्र विष्ट, धनबहादुर भट्ट क्षेत्री, हरी हजुर थापा र टेकराज अवस्थी छन् । त्यस्तै, हरी अधिकारी, दुर्गा खड्का, द्वारिका थापा, ईश्वर थापा मगर, विनोद चन्द, विशाल विक, शरण सम्री क्षेत्री, कुलबहादुर थापा र रविन चन्द

महिला टिम – अरुणा शाही (कप्तान),प्रतिभा माली,सरस्वती चौधरी,निरुता ठगुन्ना,रेश्मा भण्डारी,पुनम चन्द ,जानकी भण्डारी,सुनिता खड्का,सोफिया पुन,उषा कुमारी बिष्ट,कमला पुन,सलिना श्रेष्ठ,उषा भण्डारी र हिरा के.सी

प्रतिक्रिया दिनुहोस्