ईतिहास रचेका भलिबल खेलाडीले जनही ३ लाख पुरस्कार पाउँने

ईतिहास रचेका भलिबल खेलाडीले जनही ३ लाख पुरस्कार पाउँने

काठमाडौं ( अनलाइन खेलखबर ) ।बंगलादेशमा भएको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको स्वर्ण पदक विजेता नेपाली महिला भलिबल टोलीलाई सरकारले जनही ३ लाख दिने भएको छ ।

शुक्रबार टिमलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका राष्ट्रिय खेलकुद परिषद ( राखेप ) का सदस्य सचीव रमेशकुमार सिलवालले नगद पुरस्कारको घोषणा गरेका थिए ।

उनले आफ्नो यस प्रस्ताब सरकार समक्ष लैजाने समेत जानकारी गराएका थिए ।

प्रतियोगितामा अपराजित रहदै उपाधि आफ्नो नाममा लेखाउँदै भलिबलकै ईतिहासमा अहिले सम्मकै सबैभन्दा ठूलो उपलब्धि हासिल गरेको नेपाली टोली शुक्रबार अपराह्न काठमाडौं आईपुगेको थियो ।

च्याम्पियन टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *