स्वदेश फर्किएको च्याम्पियन भलिबल टोलीलाई भब्य स्वागत
काठमाडौं ( अनलाइन खेलखबर ) ।बंगलादेशमा भएको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको स्वर्ण पदक विजेता नेपाली महिला भलिबल टोलीलाई आज (शुक्रबार) स्वदेशमा भब्य स्वागत गरिएको छ ।
प्रतियोगितामा अपराजित रहदै उपाधि आफ्नो नाममा लेखाउँदै भलिबलकै ईतिहासमा अहिले सम्मकै सबैभन्दा ठूलो उपलब्धि हासिल गरेको नेपाली टोली शुक्रबार काठमाडौं आईपुगेको थियो ।
च्याम्पियन टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत समेत गरिएको थियो ।
टोलीलाई स्वागत गर्न राष्ट्रिय खेलकुद परिषद( राखेप ) का उपाध्यक्ष पिताम्बर तिमिल्सिना तथा नेपाल भलिवल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले लगायतको उपस्थितिमा फुलमाला र खादासहित भब्य स्वागत गरिएको थियो ।
नेपालले प्रतियोगितामा ऐतिहासिक सफलता हात पार्ने क्रममा बिहिबार भएको फाइनल खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेट्मा पराजित गर्दै च्याम्पियन बनेको थियो ।
पहिलो संस्करणको यस प्रतियोगिता कुल ५ टिमको सहभागिता रहेको थियो जसमा नेपाल लिगको पहिलो र माल्दिभ्स दोस्रो हुँदै फाइनल यात्रा तय गरेका थिए । र नेपालले भलिबलको ईतिहासमा अहिलेसम्मकै ठुलो उपलब्धि हासिल गर्न सफल भयो ।