च्याम्पियन महिला भलिबल टोली आज स्वदेश फर्किदै

च्याम्पियन महिला भलिबल टोली आज स्वदेश फर्किदै

काठमाडौं ( अनलाइन खेलखबर ) ।बंगलादेशमा भएको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको स्वर्ण पदक विजेता नेपाली महिला भलिबल टोली आज स्वदेश फर्किदै छ्न ।

प्रतियोगितामा अपराजित रहदै उपाधि आफ्नो नाममा लेखाउँदै भलिबलकै ईतिहासमा अहिले सम्मकै सबैभन्दा ठूलो उपलब्धि हासिल गरेको नेपाली टोली आज अपरान्ह ४ बजेतिर नेपाल आईपुग्ने कार्यक्रम रहेको छ ।

नेपालले प्रतियोगितामा ऐतिहासिक सफलता हात पार्ने क्रममा बिहिबार भएको फाइनल खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेट्मा पराजित गर्दै च्याम्पियन बनेको थियो ।

बंगलादेशको राजधानी ढाकास्थित शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा भएको खेलमा नेपालले पहिलो सेट २५-१३, दोस्रो सेटमा २५-१२ र तेस्रो सेटमा २५-८ ले आफ्नो पक्षमा पार्दै प्रतियोगिताको स्वर्ण जितेको थियो ।

पहिलो संस्करणको यस प्रतियोगिता कुल ५ टिमको सहभागिता रहेको थियो जसमा नेपाल लिगको पहिलो र माल्दिभ्स दोस्रो हुँदै फाइनल यात्रा तय गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *