भलिबलमा नेपाललाई ऐतिहासिक सफलता : एभिसी सेन्ट्रल जोनमा नेपाल च्याम्पियन

भलिबलमा नेपाललाई ऐतिहासिक सफलता : एभिसी सेन्ट्रल जोनमा नेपाल च्याम्पियन

काठमाडौं ( अनलाइन खेलखबर ) ।बंगलादेशमा भएको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको स्वर्ण पदक नेपालले जितेको छ ।

प्रतियोगितामा अपराजित रहदै उपाधि आफ्नो नाममा लेखाउँदै भलिबलकै ईतिहासमा अहिले सम्मकै सबैभन्दा ठूलो उपलब्धि हासिल गर्ने क्रममा बिहिबार नेपालले माल्दिभ्सलाई प्रतियोगिताको फाइनलमा ३-० को सोझो सेट्मा पराजित गर्न सफल भयो ।

बंगलादेशको राजधानी ढाकास्थित शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा भएको खेलमा नेपालले माल्दिभ्सविरुद्ध जित निकाल्ने क्रममा पहिलो सेट २५-१३ ले जित हासिल गरेको थियो ।

दोस्रो सेटमा २५-१२ र तेस्रो सेटमा नेपालले माल्दिभ्सलाई २५-८ ले निराश बनाएपछी नेपाललाई त्यो च्याम्पियन बन्न प्रयाप्त बन्यो ।

प्रतियोगिता कुल ५ टिमको सहभागिता रहेको थियो । नेपाल लिगको पहिलो र माल्दिभ्स दोस्रो हुँदै फाइनल यात्रा तय गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *