onlinekhelkhabar.com

Complete website for Nepali Sports News

नेपालले भलिबलमा ऐतिहासिक स्वर्ण पदक जित्ने उच्च सम्भावना

काठमाडौं ( अनलाइन खेलखबर ) । बंगलादेशमा भईरहेको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधिका लागि आज नेपालले माल्दिभ्सको सामना गर्दैछ ।

प्रतियोगितामा अपराजित नेपाललाई आज प्रतियोगिताको स्वर्ण पदक जित्ने सुवर्ण अबसर पनि रहेको छ ।

उच्च लयमा रहेको नेपालले लिगमा खेलेका सबै खेल आफ्नो पक्षमा पार्दै लिगको शिर्षस्थानमा रहँदै फाइनलसम्म यात्रा तय गर्दा नेपालसँग फाइनल खेल्न लागेको माल्दिभ्स दोस्रो स्थानमा रहदै फाइनल प्रबेश गरेको हो ।

यसअघि नेपाल र माल्दिभ्सबीच लिग चरणमा भेट हुँदा माल्दिभ्स नेपालसँग निरीह बन्दा ३-० को सोझो सेटमा पराजित हुन पुगेको थियो ।

तसर्थ आजको खेलमा पनि नेपाल पूर्णत हाबी हुँदै खेल आफ्नो पक्षमा पार्दै स्वर्ण पदक जित्ने प्रबल सम्भावना रहेको छ ।

खेल बंगलादेशको राजधानी ढाकास्थित शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्