onlinekhelkhabar.com

Complete website for Nepali Sports News

फाइनल अघि आज नेपाल र माल्दिभ्स भिड्ने

काठमाडौं ( अनलाइन खेलखबर ) | बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको आफ्नो अन्तिम खेलमा नेपालले आज माल्दिभ्सको सामना गर्दैछ ।

लगातार तिन खेलमा जित हासिल गर्दै प्रतियोगिताको फाइनल पुगेको नेपालले आज अर्को नेपालसँग फाइनल भेट पक्का गरेको माल्दिभ्ससँग खेल्न लागेको हो ।

खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजेपछि बंगलादेशको राजधानि ढाकास्थित शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा हुनेछ ।

यसअघि नेपालले लिगमा लगातार जित हासिल गर्ने क्रममा अफगानिस्तान , किर्गिस्तान र आयोजक बंगलादेशलाई समान ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

कुल ५ टिमको सहभागिता रहेको यस प्रतियोगितालाई राउण्ड रोबिन लिगका आधारमा सन्चालन भएको यस प्रतियोगिताको अंकतालिकाको पहिलो र दोस्रो टिम फाइनल पुग्ने प्राबधान रहेको हुँदा एक खेल अगाडीनै नेपाल र माल्दिभले फाइनल यात्रा तय गरेका हुन् ।

प्रतियोगिताको फाइनल खेल बिहिबार हुनेछ |

प्रतिक्रिया दिनुहोस्