onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

लगातार तेस्रो जितसँगै नेपाल एभिसी सेन्ट्रल जोन भलिबलमा फाइनल प्रबेश

काठमाडौं ( अनलाइन खेलखबर ) | लगातार तीन खेलमा जित हासिल गर्दै नेपाल बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रबेश गरेको छ ।

आज मंगलबार भएको प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले आयोजक बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेपछी नेपाललाई फाइनल पुग्न प्रयाप्त बन्यो ।

बंगलादेशको राजधानि ढाकास्थित शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा भएको खेलमा नेपालले पहिलो सेटमा २५-७ तथा दोस्रो र तेस्रो सेटमा समान २५-६ ले बंगलादेशलाई नेपालले पराजित गरेको छ ।

अब नेपालले नोभेम्बर १४ मा फाइनल खेल्नेछ । तर लिगमा नेपालले माल्दिभ्ससँग खेल्न बाकी रहेको छ । जुन बुधबार हुँदैछ ।

५ टिमको सहभागिता रहेको यस प्रतियोगितामा आयोजक बंगलादेश सहित नेपाल , कीर्गिस्तान माल्दिभ्स र अफगानिस्तानको सहभागिता रहेको छ ।

राउण्ड रोबिन लिगका आधारमा सन्चालन भएको यस प्रतियोगिताको अंकतालिकाको पहिलो र दोस्रो टिम फाइनल पुग्ने प्राबधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्