onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एभिसी सेन्ट्रल जोन भलिबलमा आज नेपालले आयोजक बंगलादेशको सामना गर्दै

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालले बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा आज आयोजक बंगलादेशको सामना गर्दैछ ।

यसअघिका दुई खेलमा लगातार जित हासिल गरेको नेपाल आज पनि सोही क्रमलाई निरन्तरता दिदै फाइनल नजिक पुग्ने सोचका साथ कोर्टमा उत्रिने छ ।

बंगलादेशको राजधानि ढाकास्थित शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा हुने खेल नेपाली समय अनुसार पौने ३ बजेपछी सुरु हुनेछ ।

प्रतियोगितामा दोस्रो जित हासिल गर्ने क्रममा नेपालले सोमबार किर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । त्यसअघि पहिलो खेलमा पनि नेपालले अफगानिस्तानमाथि ३-० ले नै जित हासिल गर्न सफल भएको थियो ।

अब बंगलादेश पछि नेपालले लिगको अन्तिम खेलमा बुधबार माल्दिभ्ससँग खेल्नेछ ।

५ टिमको सहभागिता रहेको यस प्रतियोगितामा आयोजक बंगलादेश सहित नेपाल , कीर्गिस्तान माल्दिभ्स र अफगानिस्तानको सहभागिता रहेको छ ।

राउण्ड रोबिन लिगका आधारमा सन्चालन भएको यस प्रतियोगिताको अंकतालिकाको पहिलो र दोस्रो टिम फाइनल पुग्नेछ्न । र उपाधिका लागि नोभेम्बर १४ मा भिड्ने छ्न ।

प्रतिक्रिया दिनुहोस्