सेन्ट्रल जोन भलिबल : आज नेपाल र कीर्गिस्तान भिड्दै

सेन्ट्रल जोन भलिबल : आज नेपाल र कीर्गिस्तान भिड्दै

काठमाडौं( अनलाइन खेलखबर ) । बंगलादेशको राजधानी ढाकामा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज दोस्रो खेलमा कीर्गिस्तानको सामना गर्दैछ ।

प्रतियोगिताको पहिलो खेलमा आईतबार अफगानिस्तानमाथि शानदार जित निकालेको नेपालले आफ्नो जितको शिलसिलालाई निरन्तर राख्ने रणनीतिका साथ मैदानमा उत्रिने छ ।

तर कीर्गिस्तान बलियो टिम भएको हुँदा आज नेपालका लागि त्यही सहज पक्कै हुनेछ ।

यो खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजेपछी ढाकामा रहेको शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा हुनेछ ।

कीर्गिस्तान पछि नेपालले प्रतियोगितामा मंगलबार आयोजक बंगलादेशको सामना गर्नेछ भने लिगको अन्तिम खेलमा नेपालले बुधबार माल्दिभ्ससँग खेल्नेछ ।

५ टिमको सहभागिता रहेको यस प्रतियोगितामा आयोजक बंगलादेश सहित नेपाल , कीर्गिस्तान माल्दिभ्स र अफगानिस्तानको सहभागिता रहेको छ ।

राउण्ड रोबिन लिगका आधारमा सन्चालन भएको यस प्रतियोगिताको अंकतालिकाको पहिलो र दोस्रो टिम फाइनल पुग्नेछ्न । र उपाधिका लागि नोभेम्बर १४ मा भिड्ने छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *