onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सेन्ट्रल जोन भलिबलमा नेपालको शानदार सुरुवात

काठमाडौं ( अनलाइन खेलखबर ) |बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा शानदार सुरुवात गर्ने क्रममा नेपालले अफगानिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको छ ।

आईतबार बंगलादेशको राजधानि ढाकास्थित शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा भएको खेलमा बलियो नेपालले अफगानिस्तानलाई पराजित गर्ने क्रममा पहिलो सेटमा २५-४ ले हराउँदा दोस्रो सेट २५-९ ले आफ्नो पक्षमा पार्दा तेस्रो सेट २५-६ ले नेपालले आफ्नो पक्षमा पारेको थियो ।

अब नेपालले प्रतियोगितामा भोलि सोमबार किर्गिस्तानसँग खेल्नेछ । भने आफ्नो तेस्रो खेलमा मंगलबार आयोजक बंगलादेशको सामना गर्नेछ भने लिगको अन्तिम खेलमा नेपालले बुधबार माल्दिभ्ससँग खेल्नेछ ।

५ टिमको सहभागिता रहेको यस प्रतियोगितामा आयोजक बंगलादेश सहित नेपाल , कीर्गिस्तान माल्दिभ्स र अफगानिस्तानको सहभागिता रहेको छ ।

राउण्ड रोबिन लिगका आधारमा सन्चालन भएको यस प्रतियोगिताको अंकतालिकाको पहिलो र दोस्रो टिम फाइनल पुग्नेछ्न । र उपाधिका लागि नोभेम्बर १४ मा भिड्ने छ्न ।

प्रतिक्रिया दिनुहोस्