onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एभिसी सेन्ट्रल जोन भलिबलमा आज नेपालले अफगानिस्तानको सामना गर्दै

काठमाडौं ( अनलाइन खेलखबर ) |बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबलमा नेपालले आज आफ्नो पहिलो खेलमा अफगानिस्तानको सामना गर्दैछ ।

फाईल फोटो

बंगलादेशको राजधानी ढाकामा रहेको शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा हुने नेपाल र अफगानिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजेपछी सुरु हुनेछ ।

५ टिमको सहभागिता रहेको यस प्रतियोगितामा आयोजक बंगलादेश सहित नेपाल , कीर्गिस्तान माल्दिभ्स र अफगानिस्तानको सहभागिता रहेको छ ।

राउण्ड रोबिन लिगका आधारमा सन्चालन भएको यस प्रतियोगिताको अंकतालिकाको पहिलो र दोस्रो टिम फाइनल पुग्नेछ्न । र उपाधिका लागि नोभेम्बर १४ मा भिड्ने छ्न ।

यता नेपालले प्रतियोगितामा भोलि सोमबार किर्गिस्तानसँग खेल्नेछ भने आफ्नो तेस्रो खेलमा मंगलबार आयोजक बंगलादेशको सामना गर्नेछ भने लिगको अन्तिम खेलमा नेपालले बुधबार माल्दिभ्ससँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्