एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरियो
भदौ ४ , अनलाइन खेलखबर || गर या मरको स्थितिमा माल्दिभ्ससगँ पनि पराजित हुन पुगेपछी एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा आयोजक नेपाल समूह चरणबाटै बाहिरिको छ ।
समूह “ए ” मा रहेको नेपाललाई सेमिफाइनल पुग्न आजको खेल जित्नै पर्ने थियो । समूहको अन्तिम खेलमा जस्ले जित हासिल गर्थ्यो सोही टिमले सेमिफाइनल यात्रा तय गर्थ्यो जसमा माल्दिभ्सले बाजि मार्दै घरेलु टिम नेपाललाई निराश बनाउँदै सेमिफाइनल प्रबेश गरेको थियो ।
यसअघि पहिलो खेलमा दुबै टिम किर्गिस्तानसगँ पराजित हुन पुगेका थिए । समूहमा मात्र ३ टिम रहेको हुँदा दोस्रो खेलले अर्को सेमिफाइनलको समीकरण पूरा गर्ने थियो । यस्तोमा माल्दिभ्सले बाजि मार्न सफल भएको छ ।
बुधबार लगनखेल स्थित आर्मीको कोर्टमा भएको खेलमा नेपाल माल्दिभ्सविरुद्ध पनि ३-० को सेटमा पराजित हुन पुग्यो । पहिलो खेलमा कीर्गिस्तान सँग पनि नेपाल ३-० को सेटमा पराजित हुन पुगेको थियो ।
खेलमा माल्दिभ्सले नेपाललाई पहिलो सेटमा २५-२२ ले निराश बनाएको थियो ।
दोस्रो सेटमा नेपालले केही सुधार गर्दै अग्रता समेत लिएको थियो तर अन्त्तत : नेपाल चुक्न पुग्यो जसले गर्दा २५–२१ ले सेट गुमायो ।
यसपछि नेपाली टिमको तेस्रो सेटमा भने निकै निराशाजनक प्रदशन गर्यो । प्रष्ट खेलाडीले दबाबको महसुस गरेको देखिथ्यो । सोही कारण नेपाल तेस्रो सेटमा भने ठूलो अन्तर १४-२५ ले गुमायो ।
यो सगैँ नेपालको घरमै फाइनल खेल्ने सपना अधुरो नै रहन पुगेको छ ।