onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपको खेल तालिका सार्बजनिक : कीर्गिस्तान नेपालको पहिलो प्रतिद्वन्दी

साउन ३१ , अनलाइन खेलखबर || नेपालमा पहिलोपटक आयोजना हुँन गईरहेको एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपको खेल तालिका सार्बजनिक भएको छ ।

फोटो : हाम्रो खेलकुद

शुक्रबार सार्बजनिक भएको खेल तालिका अनुसार आयोजक नेपालले प्रतियोगिताको सुरुवात सोमबार कीर्गिस्तानसँग खेल्दै गर्ने भएको छ ।

कुल ७ टिमको सहभागिता रहने प्रतियोगितामा दुई समूहमा टिम बिभाजन गरिएको छ । जसअनुरुप समूह ” ए” मा नेपाल सहितकीर्गिस्तान र माल्दिभ्स रहेका छन् ।

भने समूह” बि ” मा बाङ्लादेश ,तुर्केमिनिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन् ।

समुह चरणको दोस्रो खेलमा नेपालले बुधबार माल्दिभ्सको सामना गर्नेछ । समूहका दुई शीर्ष टिम सेमिफाईनल प्रवेश गर्नेछन् । यस्तोमा नेपाललाई समूह चरणमा एक खेलमात्र जितेमा पनि नेपाल सेमिफाइनल यात्रा तय गर्नछ ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भदौ २ देखि ७ गतेसम्म संचालन हुने प्रतियोगिताको सेमिफाईनल खेल बिहिबार र फाईनल खेल शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्