onlinekhelkhabar.com

Complete website for Nepali Sports News

नेपालमा हुँन गईरहेको अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताका लागि नेपाली टिमको घोषणा

साउन २३ , अनलाइन खेलखबर||आउँदो भदौ २ देखि ७
सम्म काठमाडौमा हुँन गईरहेको भलिबल कन्फेडेरेसन(एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि नेपालले राष्ट्रिय टिमको घोषणा गरिएको छ ।

आज घोषणा गरिएको १४ सदस्यीय टोलिमा ईम बहादुर राना मगरले नेपाली टिमको नेतृत्व गर्नेछ्न भने कुलबहादुर थापालाई उप – कप्तानको जिम्मा दिएको छ ।

यस्तै टिममा दिपक राज जोशी,धनबहादुर भट्ट,विशाल बिक ,राजेन्द्र विष्ट,टेकराज अवस्थी,हरिबहादुर अधिकारी,नरेन्द्र गिरी,इश्वर थापा मगर,राजकुमार निरौला,हरिहजुर थापा,विनोद बहादुर चन्द र दुर्गा बहादुर खड्का रहेका छ्न ।

नेपालले आयोजना गर्न लागेको यो स्तरको अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताका लागि नेपालले राम्रो तयारी गरेको छ । नेपालले बन्द प्रशिक्षणमा रहेका १८ सदस्सीय खेलाडीबाट १४ सदस्सीय टिमको छ्नोट गरेको हो ।

प्रतियोगितामा नेपालसहित कुल ७ टिमको सहभागिता जनाउदै छ्न । जसमा अफगानिस्तान बंगलादेश, माल्दिभ्स, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तान रहेका छ्न ।

प्रतिक्रिया दिनुहोस्