onlinekhelkhabar.com

Complete website for Nepali Sports News

एपिएफले उचाल्यो राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि

बैशाख १७ , अनलाईन खेलखबर ।। ललितपुर जिल्लामा सम्पन्न राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम नेपाल एपिएफ क्लब ( एपीएफ ) ले उचालेको छ ।

आज मङ्गगलबार ललितपुर लगनखेल स्थित आर्मी कर्भडहलमा भएको प्रतियोगिताको फाईनल खेलमा एपीएफले अर्को विभागीय टिम त्रिभुवन आर्मीमाथि २५-१४,२५-९ र २५-१५ को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो पटक प्रतियोगिताको च्याम्पियन एपीएफ भएको हो ।

यस्तै आजनै तेस्रो स्थानका लागि भएको खेलमा होङ्गवान्जी न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको तेस्रो स्थान हासिल गर्न सफल भयो । उक्त खेल न्यु डायमण्डले २५-२२,२५-१८ र २५-२२ को सेटले खेल आफ्नो पक्षमा पारेको थियो ।

प्रतियोगिताको उपाधि उचालेको एपीएफले २ लाख नगद प्राप्त गर्यो भने उपविजेता आर्मीले १ लाखमा चित्त बुझाउदा तेस्रो स्थान हासिल गरेको न्यु डायमण्डले
५० हजार प्राप्त गरेको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *