onlinekhelkhabar.com

Complete website for Nepali Sports News

न्यु डायमन्डले उचाल्यो क्लब भलिबल च्याम्पियनसिपको उपाधि

काठमाडौं (अनलाइन खेल खबर) । काठमाडौंमा भएको छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले उचालेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको फाइनल खेलमा विभागीय टोली एपीएफलाई ३-१ को सोझो सेटमा पराजित गर्दै होङ्गान्जी न्यु डायमन्ड च्याम्पियन बनेको हो ।

खेलमा पहिलो सेट गुमाएको न्यु डायमन्डले त्यसपछि राम्रो पुनरागमन गरेको थियो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट एपीएफले २६-२४ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछि न्यु डायमन्डले दोस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पार्दा तेस्रो सेट २५-१७ र चौथों सेट २५-१५ ले जित्न् सफल भएको थियो ।

उपाधिसँगै न्यु डायमन्डले नगद ४ लाख रुपैयाँ प्राप्त गर्दा दोस्रो भएको एपीएफले २ लाख र तेस्रो भएको त्रिभुवन आर्मी क्लबले १ लाख रुपैयाँ प्राप्त गरेको छ । आर्मीले पुलिसलाई हराउँदै तेस्रो स्थान हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्