नेपाल सुपर लिग (भलिबल ) हुने
काठमाडौं(अनलाइन खेल खबर) । चौधरी ग्रुप अन्तर्गतको नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा नेपाल सुपर लिग (भलिबल) महिला र पुरुष फेन्चाइज प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिताका लागि नेपाल भलिबल संघ र नेपाल स्पोर्ट्सबीच मंगलबार सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। सम्झौता पत्रमा संघका उपाध्यक्ष निरोज मास्के र आयोजक अध्यक्ष आश्रेता कार्की चौधरीले हस्ताक्षर गरेका थिए ।
संघसँग १० वर्षको सम्झौता भएको छ । यसका साथै भलिबल संघको प्रावधिक सहयोग रहने छ । यस्तै प्रतियोगिताबाट भएको नाफाको ३० प्रतिशत संघले पाउने छ ।
प्रतियोगिता भने नोभेम्बर १७ देखि डिसेम्बर १७ सम्म गर्ने लक्ष्य राखिएको छ । यसअघि सोही टिमले नेपाल सुपर लिग (एनएसएल) आयोजना गरेको थियो ।