भलिबलमा फेन्चाइज प्रतियोगिता हुने

भलिबलमा फेन्चाइज प्रतियोगिता हुने

काठमाडौं (अनलाइन खेल खबर) । चौधरी ग्रुप अन्तर्गतको नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा नेपालमा भलिबलमा फेन्चाइज प्रतियोगिता हुने भएको छ ।

नेपाल सुपर लिग (एनएसएल ) फुटबल प्रतियोगिताको पहिलो संस्करण समापन भएसँगै सोही टोलीले भलिबलमा फेन्चाइज मोडलमा प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगिताको थप जानकारी आयोजक टिमले मंगलबार काठमाडौंमा एक समारोहका बीच सार्वजनिक गर्ने तयारी गरेको छ । सोही समारोहमा नेपाल स्पोर्ट्स र नेपाल भलिबल संघबीच प्रतियोगिताको लागि सम्झौता पत्रमा हस्ताक्षर समेत हुनेछ ।

नेपालको राष्ट्रिय खेल समेत रहेको भलिबलको ब्याबसाहिकतासँगै खेलाडी र खेलको विकाशका लागि कोशेढुङ्गा सावित हुने सोचका साथ यो प्रतियोगिता हुन् गईरहेको छ ।