onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एनभीए राष्ट्रिय क्लब लिग भलिबलको विजेताले तीन लाख पाउँने

काठमाडौं (अनलाइन खेल खवर) । चैत्र १९ गते देखि २६ गतेसम्म काठमाडौंमा हुने एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताको विजेता टोलीले नगद तीन लाख पाउँने भएको छ ।

नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा हुन् गईरहेको प्रतियोगितामा पुरुषमा ८ तथा महिलामा ६ टोलीको सहभागिता रहने छ । पुरुषतर्फ एचएनसीएस क्लब, एपीएफ क्लब, पुलिस ,आर्मी,नयाँबजार सामाजिक युवा क्लब,बुद्ध टोल भलिबल क्लब, बुटवलको मणिमुकुन्द क्लब र वुलवुले रारा क्लब सहभागी हुँदै छन् ।

यस्तै महिलातर्फ एपीएफ, आर्मी,पुलिस,न्यु डायमन्ड स्पोर्ट्स क्लब, ढोरपाटन भलिबल ट्रेनिङ सेन्टर र भरतपुर मेट्रो खेलकुद परिषद्ले भाग लिने छन् ।

पुरुष – महिला दुवैमा पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल खेलाइने छ । र शीर्ष दुई टिमले उपाधिका लागि प्रतिष्पर्दा गर्नेछन् ।

प्रतियोगिताका लागि टोलीले तीन विदेशी खेलाडीलाई पनि टोलीमा भित्राउन पाउँने छन् । प्रतियोगितामा पुरुष र महिला टिम र व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीका लागि समान पुरस्कार राशी राखिएको छ ।

जस अन्तर्गत शीर्ष चार टोलीले क्रमशः ३ लाख, १ लाख ५० हजार, ७५ हजार र ३७ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई जनही २५ हजारका प्राप्त गर्दा उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १०-१० हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्