onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मुख्यमत्री कप भलिबल : म्याग्दी र तनहुँ च्याम्पियन

काठमाडौं (अनलाइन खेल खबर ) । पोखरामा भएको मुख्य मन्त्री कप प्रदेशस्तरिय भलिवल प्रतियोगिताको उपाधि पुरुषतर्फ तनहुँ र महिलातर्फ म्याग्दीले जिल्लाले उचालेको छ ।

शनिबार पोखरा रंगशालाको कोर्टमा भएको फाइनल खेलमा स्याङ्जा जिल्लालाई ३-२ को सेटमा पराजित गर्दै तनहुँ पुरुषतर्फ च्याम्पियन बन्दा महिलातर्फ पर्वतलाई ३-० को सोझो सेटमा पराजित गर्दै म्याग्दी च्याम्पियन बन्न सफल भयो ।

यस्तै तेश्रो स्थानका लागि भएको खेलमा पुरुषतर्फ पर्वतले म्याग्दीलाई ३- १ को सेटमा पराजित गर्यो भने महिलातर्फ तनहुँले कास्कीलाई ३-१ ले पराजित गर्दै प्रतियोगिताको तेस्रो हुन् सफल भयो ।

प्रतियोगिताको उपाधि विजेता पुरुष तथा महिला टोलीले समान २-२ लाख प्राप्त गर्दा उपविजेता टोलीले १-१ लाख प्राप्त गर्यो । यस्तै तेस्रो स्थान हासिल गरेको टोलीले ५०-५० हजार प्राप्त गरे ।

कास्की भलिबल संघको आयोजनामा भएको प्रतियोगिताको महिलातर्फ म्याग्दीका अरुणा शाही र पुरुषतर्फ तनहुँका मिलन चन्द सर्वोत्कृष्ट खेलाडी घोषित हुन् सफल हुँदा महिलातर्फ तनहुँकी उषा भण्डारी उत्कृष्ट स्पाइकर, पर्वतकी हिरा केसी उत्कृष्ट ब्लकर, म्याग्दीकी कमला पुन उत्कृष्ट सर्भर, तनहुँकी बबिसरा राना उत्कृष्ट सेटर, कास्कीकी अंशु थापा उत्कृष्ट लिब्रो र म्याग्दीका तेजेन्द्र बानियाँ क्षेत्री उत्कृष्ट प्रशिक्षक चुनिए ।

यस्तै पुरुषतर्फ तनहुँका अशोक श्रेष्ठ उत्कृष्ट स्पाइकर, स्याङ्जाका महेन्द्र श्रेष्ठ उत्कृष्ट ब्लकर, स्याङ्जाका बिबस थापा उत्कृष्ट सर्भर, तनहुँका बिबस आले उत्कृष्ट सेटर, स्याङ्जाका राजन दर्लामी मगर उत्कृष्ट लिब्रो र तनहुँका पदम सुनार उत्कृष्ट प्रशिक्षक चुनिए । सर्वोत्कृष्ट र उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही ५-५ हजार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्