onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आर्मीलाई हराउँदै गण्डकीले उचाल्यो टाइगर कप भलिबलको उपाधि

काठमाडौं (अनलाइन खेल खबर ) । पोखरामा भएको टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि गण्डकी प्रदेशले उचालेको छ ।

शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ५-२ को सेटमा हराउँदै गण्डकीले प्रतियोगिताको उपाधि उचालेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा गण्डकीले पहिलो सेट २५-२२ ले जितेको थियो । त्यसपछि दोस्रो सेट भने आर्मीले २५- २१ ले जित्यो ।

यस्तै तेस्रो सेटमा गण्डकीले ३२-३० को जित निकाल्दै खेलमा २-१ को अग्रता बनायो । त्यसपछि चौथों सेट आर्मीले जित निकालेपछि खेल पाँचौ सेटसम्म पुग्यो । चौथों सेटमा आर्मीले गण्डकीलाई २५-२३ ले हराएको थियो । त्यसपछि निर्धारित पाँचौ सेट गण्डकीले १५-११ ले आफ्नो पक्षमा पारेपछि गण्डकीलाई च्याम्पियन बन्न प्रयाप्त बन्यो ।

उपाधिसँगै गण्डकीले नगद १ लाख ५० हजार प्राप्त गर्दा उप- विजेतामा सिमित आर्मीले ७५ हजार प्राप्त गर्यो । यस्तै विधागततर्फ सर्वोउत्कृष्ट खेलाडी गण्डकीका घनश्याम चौधरी घोषित भए ।त्यसबाफत उनले नगद २० हजार प्राप्त गरे ।

यस्तै आर्मीका धन बहादुर भट्ट उत्कृष्ट स्पाइकर, आर्मीकै हरि अधिकारी उत्कृष्ट ब्लकर, गण्डकीका सुजन चोखाल उत्कृष्ट सेटर र गण्डकीका राजन दर्लामी मगर उत्कृष्ट डिफेन्डर चुनिए । यी सबैले जनही ५ हजार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्