onlinekhelkhabar.com

Complete website for Nepali Sports News

‘खेलकुद विकास प्रतिको विश्वास टुट्न दिने छैन’– सिलवाल

काठमाडौं ( अनलाइन खेल खबर ) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव रमेशकुमार सिलवालले खेलकुद विकास प्रतिको विश्वासलाई टुट्न नदिने बताएका छन् ।

नेपाल भलिबल संघले उनलाई स्वागत तथा बधाई दिने कार्यक्रममा उनले यस्तो भनाई ब्यक्त गरेका थिए । ‘जुन विश्वासका साथ आफूलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ। त्यो विश्वासलाई कहिले टुट्न नदिने उनले उक्त कार्यक्रमका दौरान बाँचा गरेका थिए ।

‘खेलकुदको विकासका लागि जुन विश्वासका साथ मलाई नियुक्ति गरिएको छ त्यसमा इमानदार भएर अगाडि बढ्ने छु । मलाई पुनः जिम्मेवारी दिएकोमा नेपाल सरकार, खेलकुद मन्त्रालय र सदस्य–सचिव सिफारिस समितिलाई धन्वाद दिन चाहन्छु ।’ उनले भने ।

सोही कार्यक्रममा सदस्य सचिव सिलवालले राष्ट्रिय खेल भलिबलको एउटा छुट्टै कभर्डहल पनि नहुनु दुःखको कुरा भएको बताउदै आफ्नो तर्फबाट त्यसका लागि पहल सुरु भइसकेको जानकारी गराएका थिए ।

यसका साथै उनले भलिबल संघलाई पनि कभर्डहल निर्माणका लागि गम्भीर भएर अगाडि बढ्न सुझाउदै अबको आफ्नो कार्यकाल अवधिमा खेलकुदलाई सम्मान योग्य क्षेत्र बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता उनले सोही कार्यक्रम दौरान जनाएका थिए ।

सो अवसरमा सदस्य सचिव सिलवालसहित राखेपका नवनियुक्त सदस्यद्वय रिमबहादुर रानाभाट र इन्दिरा निरौलालाई पनि नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा महासचिव जितेन्द्र चन्दलगायतका पदाधिकारीले बधाई दिदै पूर्ण कार्यकालको सफलताका लागि शुभकामना दिएका थिए ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *