एपीएफले उचाल्यो न्यू डायमण्ड खुला महिला भलिबल प्रतियोगिताको उपाधि
काठमाडौं ( अनलाइन खेलखबर ) | काठमाडौंमा भएको होङ्ग्वान्जी न्यू डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले उचालेको छ ।
आईतबार भएको प्रतियोगिताको फाइनल खेलमा एपीएफले उपाधि उचाल्ने क्रममा आयोजक न्यू डायमण्डलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफ प्रतियोगिताको च्याम्पियन बनेको हो ।
नयाँ बसपार्कस्थित ढोरपाटन प्रशिक्षण केन्द्रमा भएको फाइनल खेलमा एपीएफले न्यू डायमण्डमाथि पहिलो सेटमा २५-२० ले जित हासिल गरेको थियो ।
त्यसपछि दोस्रो सेटमा एपीएफले २५-२३ ले जित हासिल गर्दा तेस्रो सेटमा एपीएफले २५-१८ ले जित आत्मसाथ गरेको थियो ।
योसँगै विजेता बनेको एपिएफले नगद ४ लाख १ हजार प्राप्त गर्यो भने उप – विजेता न्यु डायमण्डले नगद ३ लाख १ हजार १ सयमा चित्त बुझायो ।
यस्तै तेस्रो स्थान हासिल गरेको नेपाल पुलिस क्लबले १ लाख ५१ हजार १ सय १ र चौथो भएको आर्मीले ५१ हजार १ सय १ प्राप्त गर्न सफल भयो ।