onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

तेक्वान्दो पदक विजेतालाई नगदसहित सुमेरु ग्रुपबाट सम्मान

काठमाडौं ( अनलाइन खेलखबर ) | सुमेरु नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोबाट पदक जितेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई
सुमेरु ग्रुपले नगद पुरस्कारसहित सम्मान गरेको छ ।

शनिबार नेपाल तेक्वान्दो संघले सातदोबाटोस्थित आफ्नै एकेडेमी हलमा आयोजना गरेको बधाइ तथा पुरस्कार वितरण कार्यक्रममा पदक विजेताहरु पुरस्कृत भएका थिए ।

सागमा तेक्वान्दोमा पुम्से र ग्योरोगी गरी २९ स्पर्धामा प्रतिस्पर्धा भएकोमा नेपालले १२ स्वर्ण, ६ रजत र ११ कास्य पदक जित्न सफल भएको थियो ।

जसमा तेक्वान्दोमा सहभागी सबै नेपाली खेलाडी पदक हात पार्न रहेका थिए । सागको तेक्वान्दोमा नेपालले हासिल गरेको यो दोश्रो ठूलो उपलब्धी हो ।

यसअघि नेपालमै भएको आठौं संस्करणमा तेक्वान्दोले १४ स्वर्ण र २ रजत जितेको थियो ।

आठौं संस्करणदेखि सागमा पहिलो पटक प्रवेश पाएको तेक्वान्दो १२ औं सागमा मात्र स्वर्णविहीन छ ।

तेक्वान्दोले नवौंमा ६ स्वर्ण, दसौंमा २ स्वर्ण, ३ रजत र १ कांस्य तथा एघारौंमा २ स्वर्ण तथा उत्तिनै रजत र कांस्य हात पारेको थियो । १२ औं सागमा भने नेपालले ७ रजत र ३ कास्य पदक जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्