जित र कमललाई स्वर्ण पदक
काठमाडौं (अनलाइन खेल खबर )। डिसेम्बर १० देखि २५ गतेसम्म अमेरिकाको पोर्टल्यान्डमा भएको अनलाइन आइओएफटिसि भर्चुअल च्याम्पियनसिपमा नेपालका कमल श्रेष्ठ र जित बहादुर बोटले स्वर्ण पदक जितेका छन् ।
जसअन्तर्गत गत वर्ष नेपालमा भएको दक्षिण एसियायी खेलकुद (साग ) मा समेत स्वर्ण पदक विजेता कमलले ४० वर्षमुनि र जित बहादुर बोटले ३० वर्षमुनिमा स्वर्ण जित्न सफल भएका हुन् ।
जित च्याम्पियनसिपमा पुरुषतर्फका उत्कृष्ट ब्ल्याक बेल्ट खेलाडी चुनिँदा नेपाल पुलिस टिम अनुशासित टोली घोषित भएको थियो । जितले १ सय ५० अमेरिकी डलर समेत प्राप्त गरेका छन् ।
त्यस्तै पुलिसकै लक्ष्मणबहादुर ऐरले ५० वर्षमुनि ,प्रेमबहादुर लिम्बुले ३० वर्षमुनिमा र सागकी स्वर्ण पदक विजेता पार्वती गुरुङले ३० वर्षमुनिमा रजत पदक जित्न सफल भएकी छिन् ।
यस्तै सागकी स्वर्ण पदक विजेता निशा दर्नालसहित अन्जन चौधरी, हस्तबहादुर तामाङले कास्य पदक जित्न सफल भए । यस्तै नेपालबाट प्रतियोगितामा सुरेन्द्रबहादुर महरा, सिता तामाङ र निर्मला विकेको पनि सहभागिता रहेको थियो ।
सबै खेलाडीको पुम्से प्रदर्शनीको भिडियो खिचेर आयोजकलाई पठाईएको नेपाल पुलिसका प्रशिक्षक तथा खेलाडी लक्ष्मणबहादुर ऐरले जानकारी गराए ।
कोरोना भाइरस ( कोभिड -१९ ) ले खेलकुद प्रभावित गरिरहेको अवस्थामा उनकै पहलमा नेपालले भाग लिएको थियो । प्रतियोगितामा २० देशका खेलाडीहरुको सहभागिता रहेको थियो ।