सागका पदकधारी तेक्वान्दो खेलाडी सम्मानित
काठमाडौं (अनलाइन खेल खबर ) – अघिल्लो वर्ष नेपालमा आयोजना भएको १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग ) तर्फ पदक विजेता चितवनवासी तेक्वान्दो खेलाडीहरु सम्मानित भएका छन् ।
बिहिबार उनिहरुलाई एक कार्यक्रमका बीच चितवन जिल्ला तेक्वान्दो कार्यसमितिले सम्मानित गरेको छ ।
सम्मानित हुने हरुमा स्वर्ण विजेता संगीता बस्याल र पार्वती गुरुङ रहेका छन् भने कांस्य विजेता शिशिर श्रेष्ठ र जितबहादुर बोटलाई पनि
चितवन कार्यसमितिले सम्मानित गरेको छ ।
सम्मानित सबैले जनहि १०/१० हजार नगद पनि प्राप्त गरेका थिए । यस्तै उक्त सम्मान कार्यक्रमका दौरान चितवनबाट कयौं
राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सफल प्रशिक्षक रोशन खानलाई पनि १० हजार सहित सम्मानित गरिएको थियो ।
यस्तै सोही अवसरमा जिल्लामा तेक्वान्दो खेल विकासमा योगदान पुर्याएबाफत चितवनका पत्रकार अनिल मल्ल ठकुरी र होमनाथ सापकोटा पनि सम्मानित भएका थिए ।