दृष्टिविहिनहरुलाई आयशा शाक्यको खाद्यान्न सहयोग
काठमाडौं (अनलाइन खेलखबर )। केही महिना अघि नेपालमा भएको दक्षिण एसियाली खेलकुद (साग)मा दोहोरो स्वर्ण पदक जित्न सफल भएकी तेक्वान्दो खेलाडी आयशा शाक्यले दृष्टिविहीनहरुलाई खाद्यान्न सहयोग गरेकी छिन् ।
हाल विश्वभर महामारीको रुपमा देखा परिरहेको स्वास्थ्य संकट कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अहिले नेपाल सरकारद्वारा देशभर लकडाउन जारी रहेको यो अवस्थामा दृष्टिविहिनहरुलाई केही राहत होस् भनेर उनले खाद्यान्न सहयोग गरेकी छिन् ।
उनले शुक्रबार कीर्तिपुरस्थित नगाउँमा रहेका दृष्टिविहीनहरुलाई सोही ठाउँमा नै पुगेर आयशाले खाद्यान्न सहयोग गरेकी हुन् ।
जसमासहयोगमार्फत१० केजी चामल, दाल १ केजी, चिउरा १ केजी, तेल १ लिटर, नुन १ केजी, भुजा १ केजी र चाउ-चाउ ४ प्याकेट रहेको थियो ।
सागमा पदक जितेवापत सरकारले हालै नगद पुरस्कारबाट
सम्मानित गरेपछि आयशाले सोहीबाट सहयोग गरेको बताइएकी छिन् ।
अरु खेलाडीहरुले पनि यो कठिन अवस्थामा सहयोग गर्नुभएको छ । आयशाले भनिन् , आफूले पनि सक्दो सहयोग गर्नु पर्छ भन्ने मलाई पनि लागिरहेको थियो ।
त्यसमाथि दृष्टिविहीनहरुलाई सहयोग गर्न पाउँदा थप आनन्द महशुस भएको उनले बताईन ।
एसियायी खेलकुदमा कास्य पदक विजेता समेत रहेकी आयशाले मंसिरमा स्वदेशमा भएको दक्षिण एसियाली खेलकुदतर्फ तेक्वान्दोको पुम्सेमा दोहोरो स्वर्ण पदक जितेकी थिइन् ।