नवनिर्वाचित नेपाल क्रिकेट संघको पहिको बैठक आज बस्दै
काठमाडौं ( अनलाइन खेलखबर ) | अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) बाट नेपाल क्रिकेट संघ निलम्बन सर्तसहित फुकुवासँगै नवनिर्वाचित क्यानको पहिलो बैठक आज बस्दैछ ।
क्यानको कार्यलय मुलपानीमा आज बोर्ड बैठक दिउँसो १२ बजेपछि सुरु हुने बताईएको छ ।
बोर्ड बैठकमा विशेषत पारस खड्काको कप्तानीको राजिनामा लगायत आईसीसीले पूर्णतया फुकुवा नगरेको अबस्थामा आईसीसीले अघि सारेका सर्तमाथि छ्लफल गरिने र चाडै क्यानलाई पूर्ण फुकुवा गर्ने बिषयमा आजको बोर्ड बैठक केन्दित रहने बताईएको छ ।
यस्तै आफ्नो आन्तरिक संरचनाका बिषयमा पनि छ्लफल हुने बैठकको कार्यतालिकामा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्