onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

क्यानले आज नयाँ कार्यसमिति पाउँने

असोज ११ , अनलाईन खेलखबर || क्रिकेटको सर्बोच्च निकाय अन्तरास्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को निलम्बन फुकुवा प्रकियामा रहेको नेपाल क्रीकेट संघको बिशेष साधारणसभा काठमाडौमा जारी रहेको छ ।

शुक्रबारबाट सुरु भएको बिशेष साधारणसभाको आज अन्तिम दिन हो । र आज कार्यसमिति चयनको दिन हो । आज क्यानले नयाँ कार्यसमिति पाउने छ ।

आज दोश्रो दिन उम्मेदवारी मनोनयन दर्ता गर्ने अबधी बिहान ८ बजे देखि ९ बजे सम्म रहनेछ । त्यसपछि दर्ता भएको सुची प्रकाशित साढे ९ बजे हुनेछ ।

साढे ९ देखि १० बजेसम्म नाम फिर्ता लिन सक्नेछ्न । भने उम्मेदवारको अन्तिम नामावली ११ बजे प्रकाशित गरिने छ ।

त्यसपछि एक घन्टा खानाका लागि विश्राम गरिने छ । त्यसपछि निर्वाचन प्रक्रियामा जाने छ दिउँसो १ बजे देखि साढे २ बजेसम्म मतदान चल्ने छ ।

त्यसपछि मतगणना साढे २ देखि साढे ३ बजेसम्म गरि सकिने छ । नतिजा पौने ४ बजे घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

हिजो साधारणसभालाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर बिश्वकर्माले उद्घाटन गरेका थिए ।

सभालाई उद्घाटन गर्ने क्रममा मन्त्री बिश्वकर्माले खुशी ब्यक्त गर्दै क्रीकेट समस्या अब चाडै समाधान हुने बिश्वास ब्यक्त गरेका थिए ।

यहि साधारणसभाबाट संघले नयाँ कार्यसमिति पाउँदै गर्दा झन्डै झन्डै ४ बर्ष निलम्वनमा परेको क्यान अहिले फुकुवा नजिक पुगेको छ ।

तत्कालीन समयमा संघमा सरकारी हस्तक्षेप र आर्थिक अपारदर्शीता भएको भन्दै आईसीसीले नेपाललाई निलम्बन गरेको थियो ।

त्यसबेला अहिलेका अध्यक्ष उम्मेदवार चतुरबहादुर चन्द साधारणसभामार्फत अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचनलाई राष्ट्रिय खेलकुद परिषद ( राखेप ) ले मान्यता मात्र दिएन कि अर्को तदर्थ समितीनै खडा गर्यो ।

जसमा अहिलेका सदस्य सचीव रमेश सिलबाललाई अध्यक्ष बनाएर राखेपले क्यानको तदर्थ समिति खडा गरेको थियो ।

र त्यस तदर्थ समिति बिरुद्ध निर्वाचित क्रिकेट संघले २०७२ मङ्सिरमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । त्यसपछि आईसीसीले पनि एक देशमा दुई समितीलाई मान्यता नदिने हुँदा र स्पष्ट रुपमा सरकारी हस्तक्षेप देखेपछि क्यानलाई निलम्बित गरेको थियो ।

निलम्बन परेपछि निलम्बन फुकुवाका लागि आईसीसीले सल्लाहकार समितीमार्फत नयाँ बिधान तयार गरिएको छ । सोही बिधान अनुसारनै अहिले प्रक्रिया चलिरहेको छ । जिल्ला र प्रदेशको काम सकाएर अहिले केन्दको काम गर्न थालिएको हो ।

यसपटक क्यानको नयाँ कार्यसमितिमा लामो समय क्रीकेटमा बिताएका विनयराज पाण्डे र चतुरबहादुर चन्दनै मुख्यत नेतृत्वदायी भुमिकामा आउन खोजेका छ्न । दुबैले सन्चारमाध्यममै आफ्नो उमेदवारी घोषणा गरिसकेको अवस्था छ ।

शनिवार क्यानको नयाँ कार्यसमितिको निर्वाचन हुनेछ र सोही दिन नेपालले नयाँ १७ सदस्यीय कार्यसमिति पाउने छ । कार्यसमितिलाई ३९ जिल्लाका १/१ प्रतिनिधि र प्रदेशका २० जना प्रतिनिधिले चयन गर्नेछ्न ।

प्रतिक्रिया दिनुहोस्