नेपाल क्रीकेट संघको केन्द्रिय निर्वाचन असोज १० र ११ मा हुने सहमति
भदौ ३० , अनलाइन खेलखबर || नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय निर्वाचन अब असोज १० र ११ गते हुने भएको छ ।
स्वतन्त्र समितीले यसअघि असोज ३ र ४ मा गर्ने तयारी गर्दै गर्दा नेपाली खेलकुदको सर्बोच्च संस्था राष्ट्रिय खेलकुद परिषद ( राखेप ) ले केहि प्रक्रियागत कुरा नमिलेको भन्दै सो मितिमा गर्न अप्ठ्यारो हुने बताएको थियो ।
त्यसपछि भने क्रीकेट जगतमा त्यसैले व्यापक चर्चा पाएको थियो । त्यसपछि राखेपले अन्तर्राष्ट्रिय क्रीकेट परिषद् ( आईसीसी ) का प्रतिनिधिलाई आमन्त्रण गरेर राखेप र स्वतन्त्र कमिटीका प्रतिनिधि सहितको बैढक बस्दै नयाँ मिति तय भएको हो ।
आईसीसीको निलम्बन फुकुवाको प्रक्रियामा रहेको नेपाल क्रीकेट संघको तेस्रो संसोधित विधान २०७४ अनुसार अन्तर्राष्ट्रिय क्रीकेट परिषद् ( आईसीसी ) को स्वतन्त्र टोली मनिटरिङ समितिको प्रस्तावना अनुसार अहिले जिल्ला तथा सबै प्रदेशको विशेष साधारणसभा मार्फत नयाँ कार्यसमिति चयन भईसकेको छ अबस्था छ ।
जिल्ला र प्रदेशको सकीएपछी अन्तिम केन्दीय नेतृत्वको चयनमा अहिले सम्बधित सरोकारवाला लागि परेका छ्न ।
केन्दीय समिति चयनमा हरेक जिल्लाका १/१ प्रतिनिधि गरेर ३९ जना त्यस्तै प्रदेशका २० जना गरि कुल ५९ जनाको मताधिकार रहने छ ।
नेपाल क्रिकेट संघ (क्यान) नयाँ कार्यसमिति गठन भएपछि लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल( आईसीसी ) ले नेपाल क्रिकेट माथि लगाउदै आएको निलम्बन हट्ने विश्वास समेत गरिएको छ ।