ओलम्पिक कमिटीको नयाँ कार्यकालका लागि नयाँ कार्यसमिति चयन ! अध्यक्षमा जीवनराम श्रेष्ठ पुन :निर्वाचित

ओलम्पिक कमिटीको नयाँ कार्यकालका लागि नयाँ कार्यसमिति चयन ! अध्यक्षमा जीवनराम श्रेष्ठ पुन :निर्वाचित

भदौ २८ , अनलाइन खेलखबर । नेपाल ओलम्पिक कमिटीको नयाँ कार्यकालका लागि नयाँ कार्यसमिति चयन आज भएको छ ।

फोटो : महेन्द्र राईको फेसबुक वालबाट

आज शनिबार भएको साधारणसभामार्फत अबको अर्को कार्यकालका लागि कार्यसमिति चयन भएको छ ।

जसअन्तर्गत अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । लगातार दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका उनले अर्का प्रतिस्पर्धी उमेशलाल श्रेष्ठलाई ७ मत अन्तरले पराजित गरेका थिए ।

जीवनरामले १७ र उमेशलालले १० मत पाएका थिए ।

यस्तै पाँच उपाध्यक्षमा ज्योती राणा , चतुरानन्द राजबैध , तेजबहादुर गुरुङ सुनिलकुमार श्रेष्ठ र अशोकरत्न बज्राचार्य निर्वाचित हुन सफल हुँदा समिम मिया अन्सारी , पुष्पदास श्रेष्ठ र राजीव श्रेष्ठ पराजित हुन पुगे ।

यता महासचिवमा निलेन्द्रराज श्रेष्ठ चयन हुन सफल हुँदा उपमहासचिवमा पिताम्बर तिमल्सिना र कोषाध्यक्षमा रतनकुमार टण्डन चयन भएका छ्न ।

यस्तै तीन सचिव पदका लागि दीपकहर्ष बज्राचार्य २५, तुलसी थापा र रामजि बहादुर श्रेष्ठ निर्बाचित हुँदा पुर्ब राष्टिय खेलकुद परिषद ( राखेप ) का सदस्य सचीव समेत रहेका
केशवकुमार विष्ट पराजित हुन पुगे । उनले १७ मत प्राप्त गरेका थिए ।

र सात सदस्यमा रमेशप्रसाद शिवाकोटी ,प्रकाश शम्सेर राणा ,गोपालसुन्दर लाल कक्षपति , दीर्घबहादुर केसी ,होमबहादुर दोङ ,टासी घले र राम अवाले निर्बाचित हुँदा मनोरञ्जनरमण शर्मा पराजित हुन पुगे उनले मात्र ९ मत प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *