नेपाल क्रिकेट संघको निर्वाचन असोज पहिलो साता हुने

नेपाल क्रिकेट संघको निर्वाचन असोज पहिलो साता हुने

भदौ २२ , अनलाइन खेलखबर || नेपाली क्रिकेट संघको नयाँ कार्यसमिति चयनका लागि आउँदो असोज ३ र ४ गते निर्वाचन हुने भएको छ |

अन्तराष्टिय क्रिकेट परिषद ( आईसीसी )ले गठन गरेको स्वतन्त्र कमिटिका सदस्य लेख बहादुर क्षेत्रीका अनुसार १७ सदस्यीय केन्दीय कार्य समितिका लागि निर्बाचन काठमाडौ हुने भएको छ |

आईसीसीको निलम्बन फुकुवाको प्रक्रियामा रहेको नेपाल क्रीकेट संघको तेस्रो संसोधित विधान २०७४ अनुसार अन्तर्राष्ट्रिय क्रीकेट परिषद् ( आईसीसी ) को स्वतन्त्र टोली मनिटरिङ समितिको प्रस्तावना अनुसार अहिले जिल्ला तथा सबै प्रदेशको विशेष साधारणसभा मार्फत नयाँ कार्यसमिति चयन भईसकेको छ अबस्था छ |

जिल्ला र प्रदेशको सकीएपछी अन्तिम केन्दीय नेतृत्वको चयनमा अहिले स्वतन्त्र टोली लागिपरेको छ |

केन्दीय समिति चयनमा हरेक जिल्लाका १/१ प्रतिनिधि गरेर ३९ जना त्यस्तै प्रदेशका २१ जना गरि कुल ६० जनाको मताधिकार रहने छ |

नेपाल क्रिकेट संघ (क्यान) नयाँ कार्यसमिति गठन भएपछि लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल( आईसीसी ) ले नेपाल क्रिकेट माथि लगाउदै आएको निलम्बन हट्ने विश्वास समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *