onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एमएम कप फाउन्डेसनद्वारा ईनरुवामा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण

काठमाडौं (अनलाइन खेल खबर) । एमएम कप फाउन्डेसनले सुनसरीको ईनरुवामा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ।

कोरोना महामारीका बेला अप्ठ्यारोमा परेकालाई सहयोग गरेको फाउण्डेसनका अध्यक्ष विप्लव घोषले जानकारी दिएका छन् । अध्यक्ष घोषको अग्रसरतामा समस्यामा रहेका परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरिएको हो। एमएम कप फाउन्डेसनले विभिन्न समयमा सामाजिक क्रियाकलाप गर्दै आईरहेको छ।

खासगरी नेपाली खेलकुद त्यसमा पनि क्रिकेट विकासको लागि लागिपरेको यो संस्थाले एमएम कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पनि आयोजना गर्दै आईरहेको छ। यसअघि पनि यो संस्थाले कोरोनाको समयमा सुनसरी जिल्ला भित्र विभिन्न सोसाईटी तथा संघ संस्थाहरुलाई सहयोग गरेको थियो।

संस्थाका अध्यक्ष विप्लव घोषले अहिलेको विषम परिस्थितीमा कोरोनाविरुद्ध सबै एकजुट भएर लडनुपर्ने र देशलाई अप्ठयारो परेको बेलामा एमएम कप फाउन्डेसन सहयोग गर्न सदैव तयार रहेको बताए।

प्रतिक्रिया दिनुहोस्