onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

खेल पत्रकारहरु सम्मानित

काठमाडौं (अनलाइन खेल खबर ) । युवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आएको खेलकुद पत्रकारिता पुरस्कारबाट यसपटक ९ जना सम्मानित भएका छन् ।

उनिहरुलाई आईतबार मन्त्रालयमा एक कार्यक्रमकाबीच युवा तथा खेलकुदमन्त्री दावा तामाङले पत्रकारहरुलाई सम्मान गरेका थिए ।

जसमा नागरिक दैनिकमा कार्यरत कमल खत्री खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित हुँदा प्रोत्साहन पुरस्कारबाट महिलातर्फ राष्ट्रिय समाचार समितिमा कार्यरत मुना कार्की सम्मानित भइन् ।

यसैगरी प्रदेश १ बाट हाम्रो खेलकुद डटकमका हिमालचन्द्र खरेल, प्रदेश २ बाट साप्ताहिक पत्रिका खेलकुदका रञ्जनकुमार भण्डारी, बागमती प्रदेशबाट नागरिक दैनिकका अनिल मल्ल ठकुरी, गण्डकी प्रदेशबाट कान्तिपुरका माधव अर्याल, लुम्बिनी प्रदेशबाट नेप्लेज डटकमका मुक्तिबाबु रेग्मी, कर्णाली प्रदेशबाट बाह्रखरीका भुपेस उपाध्याय र सुदूरपश्चिमबाट खबरकुञ्जका सिताराम ओझा सम्मानित भए।

जसअनुसार कमलले ५० हजार प्राप्त गर्दा अन्य प्रोत्साहन पुरस्कारबाट सम्मानित हुनेहरुले जनही २५-२५ हजार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्